विचार

हराएको दृष्टि, मन लोभ्याउने स्वर र समाजको यथार्थ

post-img

म कलेजको विद्यार्थी । कलेज पढ्नका लागि भक्तपुरदेखि काठमाडौंको यात्रा दिनकै तय गर्छु । बाटो एउटै भएतापनि मैले हरेक दिनको यात्रामा केही नयाँकुरा देख्ने अवसर प्राप्त गर्छु । बाटोमा थुप्रै किसिमका मानिसहरु भेटिन्छन् । ती मध्य म बाटोमा गीत गाएर केही पैसा कमाउने आसमा बसेका ती निर्दोष व्यक्तिहरुलाई पनि देख्छु । उनीहरुलाई देख्नु कुनै नौलो विषय हामी कसैका लागि होइन, यो त हामी सबै पैदलयात्रीले दैनिक देख्ने कुरा हो ।
बाटोमा गीत गाएर बस्ने मानिसहरु प्राय दृष्टिहिन भएका भेटिन्छन् । उनीहरुले आफ्नो मनदेखि गाएर बाटो हिँड्ने मानिसहरुलाई सुनाउछन्, केही पैसा जुटाउनका लागि । एक त अस्तव्यस्त रहने काठमाडांैका हरेक सडक र त्यहाँ हुने मानिसको भिडका बीच ती व्यक्तिहरु आफ्नो परिवार पाल्नका लागि आफ्नो कला प्रस्तुत गर्ने गर्दछन् । तर के त्यहाँ कलाको सम्मान हुन्छ त ? यस प्रश्नले मलाई सोचमग्न बनायो । मेरो विचारमा हुँदैन । हामी मध्य कतिपयले गीत गाइरहेको व्यक्तिलाई पैसा नदिई हिँड्ने गर्छौँ । बाँकी जसले पैसा दिन्छ, उ पैसा टोकरीमा हालेर हिँड्छ । यदि साँचिकै उसको कलाको सम्मानका लागि हामीले पैसा दिने भए त त्यहाँ बसेर उसको गायनको आनन्द लिनुपर्ने होइन र ?
तर फेरि दिमागमा अर्को सोच पलायन हुन्छ, यसरी गीत गाएर कति कमाउने र के गर्ने ? बरु यस विषयमा सम्बन्धित निकायको ध्यान पुगेर उनीहरुका लागि पनि केही उपयोगी परियोजनाको निर्माण गरेभने उनीहरुले आफ्नो अस्तित्वको सम्मान भइरहेको छ है भन्ने अवसर प्राप्त गर्न पाउने थिए होला । सडकका पेटीमा, आकाशे पुलमा बसेर गीत गाउने उनीहरुको प्रतिभाको कदर गर्न सके त्यो देशकै लागि हितपुर्ण सावित हुन्छ ।
अवसरको खोजीमा अवसर प्राप्त गर्न नसकेपछिको परिणम बन्ने गर्छ उनीहरुको बाध्यता र त्यही बाध्यताका बीच रमाउँदै, आफ्नो जिन्दगीको अध्ँयारो यात्रालाई उज्यालो बनाउन तर्फ लागेका ती निर्दोष व्यक्तिहरुको कलाको सम्मान हामी सबैले गर्नुपर्दछ र सरकारले समेत उनीहरुको जीवनलाई सहज रुपले यापन गर्नका लागि केही अवसरहरु प्रदान गरिदिनु पर्ने एक सक्षम सरकारको प्रमुख कार्य हो जस्तो मलाई लाग्दछ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660