साहित्य

किरण मोक्तानको ‘सेतै फुल्यो सिरु फूल, छेउमै कञ्चन खोला’ सार्वजनिक

post-img

कार्तिक २६, काठमाडौं । गीतकार किरण मोक्तानले रचना गर्नुभएको ‘सेतै फुल्यो सिरु फुल, छेउमै कञ्चन खोला सार्वजनिक भएको छ । फिल्मशाला टिभीले निर्माण गरेको म्युजिक भिडियोको फिल्मशाला टिभीको सभाकक्षमा आयोजित एक समारोहका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

पूर्व सांसद, कोरियाका लागि पूर्व नेपाली राजदूत एवं बरिष्ठ साहित्यकार कमल कोइरालाले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित कोइरालाले म्युजिक भिडियो सार्वजनिक गर्दै नेपाली गीत संगीतको क्षेत्रमा मोक्तानको सिर्जनाले एउटा इट्टा थपेको बताउनु भयो ।

कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार रमेशबाबु श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश समिति सदस्यहरु श्यामकृष्ण श्रेष्ठ, दुर्गा घिमिरे, रामेछाप जिल्ला कमिटि सचिव लालसिं घिसिङ, उपसचिव गणेशबाबु खड्का, सरिता खाती, नेकपा एसका सिन्धुली–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बासुदेव घिमिरे, नेकपा एस शंखरापूरका नगर अध्यक्ष श्यामकुमार लामा, खाडाँदेवी गाउँपालिका वडा नं. ६ माकादुमका अध्यक्ष पुस्कर कार्की, कानुन व्यवसायी यम भट्टराई, समाजसेवी कुमार थोकर, पत्रकार रमेश बोहोरा, कलाकार पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा शुभकामना मन्तव्य राख्दै बक्ताहरुले मोक्तान राजनीति, समाजसेवा र साहित्यको क्षेत्रमा समेत सँगसँगै अघि बढ्न सफल भएको र आगामी दिनमा निरन्तर क्रियाशिलताको कामना गर्दै प्रगतिको कामना समेत गरेका थिए ।

कार्यक्रम फिल्मशाला टिभीका अध्यक्ष श्रीहरि श्रेष्ठको अध्यक्षता र गीतकार किरण मोक्तानको सञ्चालनमा सम्पन्न भएको थियो ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660