विचार

‘हाम्रो लागि छोराहरु यिनै हुन्’ भनेको के हो ?

post-img

पहिले निकै धेरै हुने लैङ्गिक भेदभाव नेपालमा हाल भने तुलनात्मक रुपमा कम देखिन्छ । तर अझै पनि मानिसहरु केही कुरामा चुकिरहेका छन् । हुन त अहिले केटीहरुलाई पनि विद्यालय पठाउने गरिन्छ । उनीहरुले पनि खुल्ला रुपमा विद्यालय गएर शिक्षा आर्जन गर्न पाउँछन् । पहिले छोरो पाउने आशामा लगातार ५-७ वटा छोरी जन्माउने मानिस पनि धेरै भेटिन्थे तर अहिले भने अवस्था अलिकति फरक छ । अहिले मानिसहरु जुन लिङ्गको सन्तान जन्मेपनि खुसी हुने गरेका छन् ।

तर मलाई अचम्म लागेको कुरा चाहिँ के हो भने, लिङ्ग अनुसारको कामको बाँडफाँड गरिँदै आएको चल्ती । केटाहरुले घरको काम गरे भने महिला जस्तै हुने रे, केटीहरुले साहसी काम गरे पुरुष जस्तै हुने रे । कुनै परिवारको सन्तानमा छोरी छोरी मात्र छन् भने छोरा पनि यहि रे छोरी पनि यही रे । हुन त समाज रुपान्तरणको बाटो तर्फ लम्किरहेको छ तर यी स-साना कुराले गर्दा भेदभावको अन्त्य चाहिँ पक्कै हुँदैन ।

हाम्रो समाजले महिलाहरुलाई भाडा माज्ने, लुगा धुने, भात पकाउने, घर सफा गर्ने जस्ता कामहरु गर्ने लिङ्ग भनेर दर्जा दिएको छ भने साहसी काम, घर बाहिरको व्यवहार मिलाउने लगायतका काम पुरुषले गर्ने भनेर भनिएको छ । तर यो कदापि होइन । जसले जे सक्छ त्यही काम गर्ने हो । यदि पुरुषले घरको काम मज्जाले गर्छ भनेर उसलाई महिला जस्तो घरको काम गर्न सिपालु भनेर भनिराख्नु पर्दैन । यो भन्नु भनेको पुरुषलाई माथिल्लो दर्जा दिनु हो । यस्तै कुनै महिलाले बाहिरको काम गर्छ भने उसलाई पुरुष जस्तै साहसी भन्न जरुरत छैन, यसो भन्दा महिलाहरु आफैँले आफ्नो दर्जा कम गरे जस्तो मलाई लाग्छ ।

एउटा परिवारमा २ जना छोरी छन् । नेपाली समाजले छोरो छैन भनेर भन्ने गर्छ, र त्यस परिवारको बुबा आमाको जवाफ हुुन्छ, ‘हाम्रो लागि छोराहरु यिनै हुन्’ । के त्यो भनिराख्न जरुरी छ र के कुनै महिलाले साहसी काम गर्‍यो भन्दैमा पुरुष कै दर्जा दिन जरुरी छ र ? हुन त यसो भन्नु पाप होइन तर यदि हामी लैङ्गिक भेदभाव अन्त्य गर्न चाहन्छौँ भने किन लिङ्गको आधारमा एक अर्कालाई दाज्छौ त ?

मेरो विचारमा काम भनेको मान्छेको सिपले भ्याए सम्म गर्ने हो, लिङ्गले होइन । कुनै पनि कामलाई कसले गर्ने भनेर छुट्याएको पनि छैन । त्यसैले पुरुष र महिलाको काम गर्ने शैलीलाई दाज्न छोड्यौ भने पक्कै पनि एक दिन लैङ्गिक भेदभाव आफै निर्मूल हुँदै जान्छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660