विचार

जुन् जितले नेपालीहरुको मुहारमा ल्याएको मुस्कान र खुसीको आँसु

post-img

असोज १९, काठमाडौं । नेपालले गएराति (सोमबार) साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँग खेलेको खेलमा ३-२ गोल अन्तरले विजयी भयो । यो नेपालको दोस्रो लगातार जित हो । म पनि यस खेलका लागि निकै नै उत्साहित थिए । तर नेपालमा यस खेलको प्रत्यक्ष प्रसारण नहुने कुराले नराम्रो पक्कै लागिरहेको थियो । तर साँझमा खबर आयो नेपालमा पनि प्रत्यक्ष प्रसारण हुन्छ भनेर, म निकै उत्साहित भए । खेल ९ः४५ देखि सुरु भयो, सुरुको १० मिनेट श्रीलंकाल. आफ्नो दबदबा कायम राख्यो । खेलको ८ औँ मिनेटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पहेँलो कार्ड दिईयो । तर जब समय बित्दै गयो नेपालले आफ्नो खेल देखाउँदै गयो । खेलको तिसौँ मिनेटमा नेपालका सुमन लामाले गोल गर्न सफल भए । यस गोलपछि नेपाली बेन्चलाईनमा देखिएको जुन खुसी थियो, त्यस खुसीलाई हामीले वणर्न गर्न पनि सक्दैनौँ । जुन तरिकाले नेपाली कोचले नेपालले गरेको गोलको सेलिब्रेशन गरेका थिए त्यसबाट हामीले आँकलन गर्न सक्छम् उनले गरेको प्रयास कति सम्मान योग्य छ ।

नेपालको खेलेको खेलहरुमा श्रीलंका विरुद्ध अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गरेको जस्तो मलार्ई लाग्छ । सुरुवात देखि अन्त्य सम्म नेपालले निकै राम्रो फुटबल खेल्यो । नेपालले काउन्टर अटयाकमा थुप्रै अवसरहरु बनायो र गोल पनि गर्न सफल भयो । अब एक खेल जितेको खण्डमा नेपाल साफ कप २०२१ को फाइनलमा पुग्ने पक्का छ ।

गएराति नेपाली टोलीले गरेको प्रदर्शनले सबैको मुहारमा मुस्कान ल्याउन सफल भएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660