साहित्य

लता केसीको लघुकथा ‘पुरस्कार’

post-img

 

ऊ जिद्धीवाल थियो भन्ने कुरा सबैलाई थाहा थियो । आफ्नो विचार मात्रै सही हो भन्ने मान्यता राख्थ्यो । तर्कवितर्कमा कहिले कसैसंग हार्न चाहादैनथ्यो ।आफ्नो विचार अरूमाथि थोपार्न खोज्थ्यो । स्वभावकै कारणले ऊ धेरैबाट अलग्गिएको थियो । उसको घरबाट अलि पर चौतारा थियो । सधैझैँ ऊ गफ्फिन पुग्यो । उसका केही सहृदयी मित्रहरू पनि आए ।
एउटाले असन्तोषको भाव पोख्दै भन्यो , ञञ दाइ तपाईँलाई मानिसहरूले घमण्डी किन भनेका ?झझ
उसले तर्क राख्यो ,ञञ मेरो विद्वताप्रति जलेर हो नि !
अर्कोले थप्यो ,ञञ त्यो मान्छेबाट परै बस्नू झझ भनेर किन भनेका होलान् , फेरि ?
उसले हाँस्दै भन्यो , ञञ मान्छेको स्वभाव हो , भाइ ! सामान्य लिनु पर्छ । झझ
कुराकानी जम्दै थियो । दुई जना भाइहरू थपिए । उनीहरूले सबैको कानमा खुसुरफुसुर गरे । अनि मिलोमतोमा सबैजना जिन्दावादको नारा लाउन थाले ,ञञ हाम्रो दाइ , जिन्दावाद , जिन्दावाद ! समाजसेवी दाइ , जिन्दावाद !
एउटा भाइले खित्का छाड्दै भन्यो , ञञ गफाडी दाइ, तिमीले यो पुरस्कार काम गरेर पाएको कि कुरा गरेर ?झझ
ऊ अलमल्लमा पर्यो । हतारमा नै भन्यो , ञञ खै ?

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660