साहित्य

ईन्दिरा ढकालका मनछुने मुक्तक

post-img

 

 

 

 

 

मुक्तक १ः
गलेर ढल्यो,आशाको त्यान्द्रो मायाको सानो बोट!
गोलिले हान्दा के दुख्थ्यो मन वचन मै रहेछ खोट!
लेखेको रहेछ मिल्ने यो भाग्यमा नहुनी देखेको ;
धनिलाइ रैछ माया र प्रेम दुखिलाइ चोटै चोट!

मुक्तक २ः

तिमी छौ र पो ढुकढुकि चल्दै छ अचेल!
ढलेको वृक्षमा पनि फल फल्दै छ अचेल!!
समाजको पट्टि भित्र निसासिँदो मौन जीवन;
तिम्रै साहाराले अनगिन्ती चोट छल्दैछ अचेल!!

मुक्तक ३ः

पोख्न कहाँ सकियो र? मनका सबै हालहरु!
सवाल बनि खडा हुँदा चुनौतीका पर्खालहरू!
खुकुरीको चोट सहनु अचानोको धर्म सम्झी;
टालो हाली खाप्सियोले सिउँदै छु ती प्वालहरू!

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660