दिनप्रतिदिन भगवानप्रति भावनाहरू मज्जाले डुबुल्की मार्दै छन् ।
अचेल त भगवान् नैं मेरा सबै थोक हुन् जस्तै लाग्छ ।
धन्न !! समाजले भगवानप्रतिको आस्थालाई स्वीकार गर्छ !
आज म भगवानसँग घनिष्ट सम्बन्ध राख्न सफल भएकी छु तर अँ हँ !
आमाबाबासँग पटकै मन मिल्दैन !
किन थाहा छ ?
कारणहरु थुप्रै छन् ।
खासमा जीवनमा सबैको बोज भएजस्तै लाग्दैछ, मलाई ।
खासमा आफू जिम्मेवारी बोध नभएको अनुभूति हुँदैछ मलाई ।
खासमा आफूले पतनको मार्गावलोकन गरेझैं लाग्दैछ मलाई ।
खासमा सुखले मात्तेको आभास हुँदै छ मलाई ।
खासमा आफू लक्ष्यहिन भएको आवाज आउँदैछ मलाई ।
खासमा मेरा ती अनगिन्ति र ठूला सपनाहरु अपूरा रहलान् भन्ने डर लाग्दैछ मलाई ।
यी सारा खास कुराहरु साँच्चै मेरो जीवनमा खास छन् ।
यही खास कुराहरु नै कारण हुन् ।
कारण
जसले गर्दा आमाका ती रहस्यमय नैतिक शिक्षालाई म अर्थको अनर्थ बनाएर बुझ्छु ।
कारण
जसले गर्दा बाबाको निश्चल मायालाई सधैँ म अवहेलना, तिरस्कार र अपमान गर्न पुग्छु ।
कारण
जसले गर्दा नमीठा र तीता सोँचहरु उत्पन्न भएका छन् ।
कारण
जसले गर्दा कसैको बोज बन्दिनँ र आफ्नो जीविकोपार्जन आफैँ गर्ने जस्तो भावाना जाग्रण भएको छ ।
कारण
जसले गर्दा भगवान् भरोसा आमाबाबालाई छाडेर, आफैँ दुःख बुझ्ने प्रयत्न गरेकी छु ।
कारण
जसले गर्दा आमाबाबाको मायाले ‘तँ प्याउली हुन्छेस् सुमु, बरु टाढा गएर बस्’ भनेर मलाई मेरो मनोविज्ञानले सल्लाह दिएको छ ।
कारण
जसले गर्दा शायद म आत्मनिर्भर हुनेछु र पक्कै पनि धेरै कुराहरू आफैँले भोगेर सिक्नेछु ।
कारण
जसले गर्दा आमाबाबाको महत्तव अर्को जुनीसम्म पनि बिर्सने छैन ।
कारण
जसले गर्दा मेरा ती अनौठा प्रश्नहरूको उत्तर स्वयं पाउनेछु ।
कारण
जसले गर्दा म यथार्थ जीवन र जीवनका विभिन्न परिवेशमा भोग्नु पर्ने भोगाईबाट तृप्त हुनेछु ।
कारण
जसले गर्दा आमाबाबालाई गर्व महसुस गराउने छु ।