साहित्य

हाम्रो ऐच्छिक सहकारी

post-img

हामी सबैको साझा संस्था यो ऐच्छिक सहकारी
फलाउँ फूलाउँ सबैले यस्लाई आफ्नै भनि ठानी ।
सहकारी स्थापनाको हिसावले एघारौं वर्ष पुगेछ
हामीले लिँदा साधारण सभा चौथोमा परेको छ ।१।

सबैको लागि एक र एकका लागि हुने सबैको
मान्यता राखौं यसैमा सबले, नहोस् विमति कसैको ।
संस्थाको सञ्चालक समितिमा भरत हुन् अध्यक्ष
उपाध्यक्ष डम्वर गौतम अनि झम्क कोषाध्यक्ष ।२।

सचिवमा युवा कृष्ण गौतम, मनिष र शिवराज
सञ्चालक समितिका पदाधिकारी भन्नैपर्यो आज ।
लेखा समितिको संयोजकमा भगवती मेडम
बाहिरबाट सर–सहयोग भैरा देखिन्छ हर्दम ।३।

सञ्चालक समिति भन्दा कर्मचारीको छ महत्व
दैनिक रुपमा चलाउने कै हुन्छ बढि नै अपनत्व ।
संस्थाको व्यवस्थापकमा केशव गौतम सर
अन्य स्टाफ र कर्मचारीमा परेको देखिन्छ भर ।४।

हरेक संघ संस्थामा रकमलाई नै पारदर्शिता
गराईकन चलाउँदा हँुदैन नि विमति अन्यथा ।
रकमैको लागि लडाई विश्व ईतिहासमा देखिन्छ
हिसाब किताब प्रष्ट हँुदा नै संघसस्था फस्टाउँछ ।

यस्तो कार्य गर्नलाई सधैं टिम चाहिन्छ गतिलो
केशव सरको टिम यहाँ पक्कै देखिन्छ बलियो ।
कर्जा दिनलाई बनाएको होला ऋण उप–समिति
सबैको विचारले सफल हुन्छ नहोस् अन्य विमति ।६।

संस्थाको भित्री कुरा होला कर्जा प्रवाह गरेकोमा
समयमा रकम नउठि बसेको नहोस् गुमराहमा ।
संस्थाको सञ्चालक समिति, लेखा समिति र अन्य
वचत उप–समिति, सल्लाहकार समितिका मान्य ।७।

सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू जति सबै
निमन्त्रणा गरि डाक्नु भो विचारलाई एकमुष्ठ पार्दै ।
पदाधिकारीको सभामा छलफलको विषयलाई
सचिवको काम नै तिनको बुँदागत टिप्पणी उठाई ।८।

संस्थालाई चलाउने सञ्चालक समितिको नाम
अध्यक्ष भरत चौलागाईको पक्कै राम्रो छ काम ।
सबैथरि मेलोमेसोमा यहाँका सूर्य चौलागाई देखिन्छ
बाहिर नि अन्य होलान् तिनको नाम मौका मिले लेखिन्छ ।९।

यस्ता संघसंस्था र कम्पनीमा धेरै हुन्छ है फरक
यिनीहरुको उद्देश्य नाफा बाहेक अन्य सेवामूलक ।
नेपाल सरकारको सहकारीको नियमावलीलाई
२०७५ को दफा नं.५१ बमोजिमका सदस्यलाई ।१०।

यस संस्थालाई नेपालकै एक नम्वरको बनाऔं
त्यसका लागि अझै मिलि सहकार्यलाई बढाऔं ।
ऐच्छिक सहकारी संस्थाको सदैंव होस् जय–जय
पदाधिकारी हाम्रै भेगका बढि छन् सब्ले भनुन् हाय ।११।

कोरोनाले विश्वमा परेको छ आर्थिक र मानवीय क्षति
संकटको बीचमा नि यस संस्थाले गरेको रहेछ प्रगति ।
साधारणसभाले अझैं सशक्त र नेतृत्व चुनोस् राम्रो
कोही बाहिर भए राम्रा मान्छे नछुटुन् भन्ने भनाई हाम्रो ।१२।

कवि त म हैन् तर संस्थाको कुरा कवितामा राखें
लिनै पर्ने नाम छुटे नि फेरि लेख्ने गरि माफि मागें ।
सधैं सबको भलो ठानी सकेको सहयोग दिई निरन्तर
ऐच्छिक सहकारी हामी सबको हो परौं हैं यसैमा भर ।१३।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660