भिडियो

प्रगतिशील बन्दै र्याप गीत, कलाकार राजिब बुढाथोकीले गरे नयाँ अभ्यास

post-img

काठमाडौं । पछिल्लोसमय युवा पुस्तामा लोकप्रिय बन्दै गइरहेको र्याप गीतमा नयाँ आयाम थपिएको छ । नेपालमा झन्डै दुई दशक पहिले भित्रिएको र्याप गीतलाई युवा गायक यम बुद्धले प्रोफेशनल हिसाबले स्थापित गराएका थिए ।

यम बुद्धले गाउँदा नेपालमा त्यसलाई त्यति धेरैले मन पराएका पनि थिएनन् । एक दशक जति उनले यो क्षेत्रमा सकेको योगदान दिए । उनको फलो गर्ने र छिटो स्थापित हुन खोज्नेहरुले र्यापलाई पुरै छाडा बनाउदै गइरहेको भनेर चौतर्फी आलोचना भइरहेको छ ।

नेपालका युवा पुस्ताले रुचाउँन थालिसकेको र कलाको एउटा बिधाकैरुपमा स्थापित भइसकेको हुनाले यसलाई कसरी ब्यबस्थित गर्ने र नागरिकका दैनिक जीवनमा मेल खाने बनाउन भाषा, सब्द चयन र शैली कसरी समाजलाई पच्ने बनाउने भन्ने चिन्ता कलाकारहरुले गरिरहेका बेला नव गायक एबम् सर्जक राजिब बुढाथोकीले त्यसमा नयाँ आयाम दिएका छन् ।

पुर्बी नेपालको भोजपुरका स्थायी वासिन्दा बुढाथोकीले भर्खरै माध्यमिक तहको पढाइ सकेर फुर्सदको समय सदुपयोग गर्दै बजारमा प्रगतिशील खालको र्याप गीत रिलिज गरेका छन् । बुढाथोकीले “मेरो देश” नामक पहिलो एल्वमको ट्रेलर सार्बजनिक गरेका छन् ।

शनिवार जनता डिजिटल प्रालिको युट्यबु च्यानल मार्फत असार ९ गते सार्बजनिक भएको गीत भ्रष्टाचारका बिरुद्धमा तयार पारिएको गायक तथा सर्जंक बुढाथोकीले जानकारी दिएका छन् । बुढाथोकीको गीत देशका ठुला-ठुला परियोजनामा भएका भ्रष्टाचार र पछिल्लोसमय स्थानिय निकायसम्म हुने अनियमिततालाई केन्द्रित गरेर तयार पारिएको छ ।

यो गीतलाई पुरानादेखि नयाँ पुस्ताका सबै आम मानिसले संगै बसेर हेर्न, सुन्न मिल्ने र सबैको मन छुने खालको बनाउने कोशिस आफुले गरेको बुढाथोकीले बताए । पछिल्लो पुस्ताका प्रगतिशील र देशलाई माया गर्ने चेतना भएका युवाहरुले यो गीतलाई अत्याधिक रुचाउँने आशा उनले गरेका छन् ।

गीतको भिडियो प्रस्तुतिमा पछिल्लो दोश्रो र तेश्रो पुस्ताका युवालाई सुहाउँदो अभिनय देखिएको छ । यसले गीतलाई अझै जीवन्त बनाउने बुढाथोकीको भनाइ छ । र्यापमा छाडापन र गालीमात्र हुँदैन भनेर यो गीत मार्फत बुढाथोकीले प्रमाणित गर्न समेत खोजेका छन् ।

उनी जति सक्दो धेरै वृद्धवृद्धालाई आफ्नो र्याप सुनाउन चाहन्छन् । उनले भने- ‘मेरो चाहना भनेको यो गीत बुढापाकाले पनि सुनोस् भन्ने हो ।’ यसपछि आफुले अन्य गीतहरु बजारमा छिटो-छिटो नै ल्याउने जानकारी दिंदै बुढाथोकीले “मेरो देश” बजारमा नआउंदै अन्य १२ वटा गीत तयार परिसकेको बताए । आगामी गितहरु बाबुआमाको माया, देशको माया र अन्य युवायुवतीलाई सुहाउँदा बनाएर तयार पारिएको उनले बताएका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660