भिडियो

ओली सरकारविरुद्ध आयो यस्तो कडा गीत, निदायो सिंहदरवार जनता भाछन हाहाकार

post-img

काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको सरकार चौतर्फी रुपमा असफल बन्दै गइरहेको छ । सडकमा सरकारका विरुद्धमा चर्का नारा लागिरहेको छ ।

एकातिर सडकमा जनता सरकारको बिरुद्ध आन्दोलनमा छन् भने अर्को तिर पत्रकार कलाकार पनि देशभर आन्दोलन नै गरिरहेका छन् । यही समयममा सरकारविरुद्ध अर्को गीत बजारमा आएको छ । यसअघि सरकारविरुद्धमा आएको गीत नै प्रतिबन्ध लगाएको सरकारले यस पटक भने प्रतिबन्ध नै लगाउने हिम्मत भने गर्न सकेको छैन ।

साहित्यकार तथा पत्रकार गिरिजा अधिकारले रचना गरेको ‘ए सरकार–२’ हालै बजारमा आएको छ । गायक देवेन्द्र कार्कीले स्वर दिएको गीतले वर्तमान सरकारले जनतालाई बिचल्ली पारेको यथार्थ चित्रण गरेको छ । भिमफेदी गाईजले तयार पारेको म्यूजिक भिडियोमा संघीय लोकतान्त्रिक राज्यसत्ताका कारण जनताले भोग्नु परेको पीडा, अभिभावक विहिनता, बेरोजगारी, तस्करी, ठगी र अभावलाई कथामा जीवन्त उतारिएको छ ।

जनताको दैनिकीसँग जोडेर तयार गरिएको म्यूजिक भिडियोमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको गीतकार गिरिजा अधिकारीले बताए । उनले भने, ‘सरकारले जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूले यस्तो गीत लेख्नु परेको हो ।’ अधिकारीले गीत आम सर्वसधारणले व्यापक रुपमा रुचाएकोले थप उत्साहित भएको बताए ।

यसअघि पहिलो श्रृंखला समेत सार्वजनिक भइसकेको ‘ए सरकार’ को थप श्रृंखला रचना गर्ने योजनामा रहेको अधिकारी बताउँछन् । गीतमा रोजगारीको अवसर आफन्तलाई दिएर जनतालाई विभिन्न नाममा विदेश पठाउने विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

उक्त गीतमा विकास पाण्डेको संगीत छ भने भिडियो निर्देशन निर्मल लामाले गरेको छन् । यस्तै भिडियो छायांकन पवन सुस्लिङले गरेका हुन् । संगित संयोजन रिकेश गुरुङको छ । युट्युवमा अपलोड भएको छोटो समयमा नै अत्याधिक भ्यूअर कटिसकेको ‘ए सरकार’को पहिलो श्रंखला १२ लाख भन्दा दर्शकले हेरेका थिए । नयाँ शैली प्रयोग गरिएको भिडियोमा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै भिडियो काटेको सिन समेत समावेश छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660