भिडियो

गायक पोखरेलले ल्याए ‘कति राम्री’ हेर्नुहोस् भिडियोमा

post-img

काठमाडौँ । ईश्वर पोखरेल (अविरल) काे नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएकाे छ। उनले अस्ट्रेलियामा नै करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराईकसकेका छन्। दुईवटा सोलो एल्बम ‘शीतल’ र ‘अराइज’ पनि अस्ट्रेलियामा नै सार्वजनिक गरेका थिए।

अस्ट्रेलियाबाट सामुहिक गीती एल्बम ‘उडान’ २ वर्षअघि रिजिल गरेका पाेखरेल विदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका छन्।

‘केही गीतहरु (रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोच्छाै होला, कति बज्यो भनेर सोधम कि?) आदि दर्शक स्रोताले मनपराएका हुनाले उनलाई नयाँ एल्बम निकाल्ने रहर जागेको उनी बताउँछन्।

उनकाे पछिल्लो गीत ‘कती राम्री’ (सिङ्ल् ट्रयाक) का रचनाकार एकनारायण भण्डारी हुन्। गीतमा संगीत आशिष अबिरलको रहेकाे छ। सुनिल क्षेत्रीको निर्देशनमा यो गीतमा रविन भुजेल र सारा स्रिपालीको अभिनय रहेको उनले बताए।

‘कती राम्री’ गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नो प्रेमिकालाई दाँज्ने काेसिस गरिएको उनले स्पष्ट पारेका छन् । उनले यो म्यूजिक भिडियोलाई पाठक श्रोताहरुले सर्बाधिक रुचाउने आशा पनि उनले गरेका छन् । हेर्नुहाेस् भिडियाेमा ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660