आयो फेरि हाम्रो देशमा कोरोनाको दोश्रो लहर
लकडाउन गरि ठप्प पार्ने कसलाई थियो र रहर ?
दुई साल अघि देखि नै देखियो कोरोना भाइरस
चीन हँुदै विश्वभरि फैलियो महामारी भाइरस ।
यसपाली त झनै यसले लियो धेरै विभिन्न रुप
कति छट्पटाउँदै बिते अनेक खाले लियो प्रारूप
सबैजना घरमै बस्दा शुरुमा त जसलाई पनि
बच्चाहरू सधैंभरि एकैठाउँमा थेग्न नसक्ने ।
स्कूल कता कलेज कता सबैजना एकैठाउँमा
थुप्रिएर बस्दाबस्दै कहिले खुल्छ भनि दोधारमा
अहिले शुरुमा बाँकेदेखि भएकोथ्यो लकडाउन
त्यसको लगत्तै भ्यालीभित्र थेग्न नस्कने भयो झन ।
दिनमा नौ हजारको हाराहारीमा भै संक्रमण
दुई सय भन्दा माथि नै बितिरहेको सुन्दा झन
जसरी नै मनलाई बुझाईकन बस्नु विकल्प
छैन कुनै उपाय स्वास्थ्य नियमको गरौं संकल्प ।
यस महामारीमा घरमै बसिकन पर्ने बिताउँने
अब चैं कम होसन् हे भगवान ! कतिन्जेल सताउँने ?
बिहानदेखि बेलुकासम्म एकनाशसँग बस्दा
कतिन्जेलसम्म के खाने सबको हालत सुनि रहँदा ।
बैंकको कर्जा लगायत सबैथोक छन् जिउका तिउँ
जोहो गरेको अब त छर्ने बेलामा रहन्न है बिऊँ
बिऊँ सकिए नि अहिले बाँच्न पाए फेरि कमाउँला
जिउ रहे घिउ खान पाईएला भन्ने उखान मिल्ला ।
दिनभरिमा कहिले सुत्ने कहिले टि.भि.मोवाइल
छतमा घुमफिर यहीँ नै दिनचर्याको प्रोफाइल
बच्चाहरूसँग खेलीकन कहिले बित्छ नि समय
यसरी दिनहरू बित्छन् नहोस् कसैको कुनै अभय ।
मेरो दिनचर्याको बारेमा केहीँ कुरा लेखे है मैंले
हजुरहरूको कसरी बित्छ जान्न खोजेको छु मैले
कोरोना विरुद्धको हाम्रो देशमा आवस् है छिट्टै खोप
दैवसँग गरेँ विन्ति अब चैं कसैलाई नहोस् है रोक ।
२०७८–२–५, पेप्सिकोला, काठमाडौं ।