भिडियो

सिर्जनशील इन्भेष्टमेन्ट प्रालिको अध्यक्षमा चौलागाई निर्वाचित

post-img

कार्तिक २९, काठमाडौं । सिर्जनशील इन्भेष्टमेन्ट प्रा.लि.को अध्यक्षमा यज्ञप्रसाद चौलागाई (राम) अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानी काठमाडौंस्थित धुम्बाराहीमा आज आयोजित संस्थाको चौथो साधारणसभाबाट चौलागाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । यसअघि पनि चौलागाई नै अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसैगरी साधारणसभाबाट चार जना सदस्यहरु समेत कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा देवलाल तिमल्सिना, युवराज चौलागाई, अच्युत गौतम र रामचन्द्र चौलागाई रहनुभएको छ ।
आजै भएको चौथो साधारणसभाको उद्घाटन कम्पनीका जेष्ठ सदस्य एवं कम्पनीका सल्लाहकार ठाकुरप्रसाद गौतम र कम्पनीका अध्यक्ष यज्ञप्रसाद चौलागाईले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वक्ताहरुले कम्पनीले छोटो समयमा कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न सफल भएको बताएका छन् ।

राष्ट्रियगान गाएर सुरु गरिएको साधारणसभामा स्वागत मन्तव्य कार्यसमितिका सदस्य रतिराम गौतमले राख्नुभएको थियो । सो अवसरमा उहाँले आफ्नो धारणा राख्दै कम्पनीले छोटो समयमा जे जति प्रगति ग¥यो त्यो प्रगति सबै सदस्यहरुका निम्ति खुशीको कुरा रहेको बताउनु भयो ।

त्यसैगरी कम्पनीकै सल्लाहकार सदस्य यामप्रसाद अधिकारीले कम्पनीले सबै सदस्यहरुको समान अधिकार स्थापना गरी सञ्चालन गरेको यो कम्पनी स्थापनाको छोटो समयमै राम्रो मुनाफा दिन सफल भएको र आउँदो केही वर्षभित्र कम्पनी देशकै गणना गर्न लायकको कम्पनी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यतिबेला विश्व नै कोभिड–१९ महामारीबाट आक्रान्त भएको, नेपाल पनि सो क्रममा अछुतो नरहेको र आफू स्वयं कोरोना संक्रमित भएर निको हुँदाको अवस्थामा पनि कम्पनीमा आवद्ध सबै सदस्यहरुले आफ्नो भूमिका सहज ढंगले निर्वाह गर्न सकेकै कारण यो कम्पनीले सफलता प्राप्त गर्नसक्ने कुरामा आफू विश्वस्त भएको बताउनु भयो ।

त्यसैगरी कम्पनीका अर्का सल्लाहकार सदस्य अर्जुनप्रसाद चौलागाईले कम्पनीले अहिलेसम्म जे जति प्रगति गर्न सकेको छ, त्यो सही नेतृत्व भएकै कारण सम्भव भएको भन्दै आगामी दिनमा पनि कम्पनीले यसैगरी कार्य गर्ने कुरा बताउनु भयो । उहाँले कम्पनीका अध्यक्ष यज्ञप्रसाद चौलागाई आफ्नो विद्यार्थी समेत रहेको बताउँदै उहाँकोे नेतृत्व क्षमताप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले सफलताको कथा र कम्पनीको हित अनुकूल उहाँ आफैले रचना गर्नुभएको कविता समेत बाचन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै अर्का वक्ता कार्यसमितिकै सदस्य युवराज चौलागाईले आज तिहारको लक्ष्मी पुजाको विशेष दिन रहेको र सोही दिन नयाँ कार्यसमिति निर्वाचित हुने हुँदा यसले सफलता प्राप्त गर्ने कुरा बताउनु भयो । उहाँले यसअघिको नेतृत्वले कम्पनीका सबै सदस्यहरुलाई सन्तुष्ट पार्दै उच्च प्रतिफल दिन सफल भएको र अब पनि कम्पनीले आफ्नो लक्ष्य प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा सेयर सदस्यहरुका तर्फबाट मन्तव्य राख्दै नकुल नेपालले कम्पनीले आजका मितिसम्म जे जति सफलता प्राप्त गर्न सक्यो, त्यो सबै सदस्यहरुको साथ सहयोगमा सम्पन्न भएको उल्लेख गर्दै भावी दिनमा पनि कम्पनीलाई सफलतामा पु¥याउन त्यसैगरी सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले कम्पनीका सेयर सदस्यहरुले कहिलेकाँही आँखा चिम्लेर विश्वास गर्दा नेतृत्वले बाटो विराउन सक्ने सम्भावनातर्फ सचेत रहँदै एकतावद्ध भएर काम गर्न सक्दा यो कम्पनीले राम्रो गर्नसक्ने विश्वास आफूलाई भएको बताउनु भयो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष यज्ञप्रसाद चौलागाई र आर्थिक प्रतिवेदन कार्यकारी सदस्य देवलाल तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष र कार्यकारी सदस्य तिमल्सिनाले पेश गरेको दुवै प्रतिवेदन एकमतले पारित भएको थियो ।

कोभिड–१९ का कारण सामान्य तरिकाले सम्पन्न गरिएको साधारणसभामा उपस्थित अतिथिहरुलाई खादा र व्याज वितरण शान्ताकुमारी कँडेल र अमृता तिमल्सिनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सेयर सदस्य भागवतप्रसाद गौतम र अध्यक्षता यज्ञप्रसाद चौलागाईले गर्नुभएको थियो ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660