एजेन्सी, जेठ २६ । बलिउड सुपरस्टार सलमान खान र उनका बुबा सलीम खानलाई आएको धम्कीपूर्ण पत्रको विषयमा मुम्बई प्रहरीले आफ्नो कारबाही तिब्र रुपले सुरु गरेको छ ।
यस विषयमा मुम्बई प्रहरीले अज्ञात व्यक्तिविरुद्ध ज्यान मार्ने धम्कीको मुद्दा दर्ता गरेको छ भने सलमान खान र सलीम खानले धेरैलाई सोधपुछ गर्न थालेका छन् ।
धम्कीको पत्र पाएको सम्बन्धमा ग्याङ्स्टर लरेन्स बिश्नोईलाई दिल्लीमा सोधपुछ गरिएको छ । अभिनेतालाई धम्की दिने व्यक्तिलाई खोज्न मुम्बई प्रहरीले १० टोली पनि बनाएको छ ।
सलमान खानले उक्त धम्कीलाई लिएर ठूलो बयान समेत दिएका छन् ।
सलमान खान र सलीम खानलाई धम्की आएपछि मुम्बई प्रहरी सतर्क भएको छ भने प्रहरीले दुई सयभन्दा बढी सीसीटीभी फुटेज बरामद गरेको छ । यसका साथै प्रहरीले सलमान खानका साथै उनको परिवारको सुरक्षा व्यवस्थालाई थप कडा पारेको छ ।
अन्तराष्ट्रिय
सल्मान खान र उनका बुबालाई ज्यान मार्ने धम्कीपूर्ण पत्र
- 0 Comments
- 398 पटक

