पुस ८, काठमाडौं । गुगल र फेसबुकलाई पछि पार्दै टिकटक सर्वाधिक धेरै हेरिने वेबसाइट बनेको छ । विश्वभरका एक अर्ब प्रयोगकर्ताले यसको प्रयोग गर्ने गरेका छन् ।
टिकटकले गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, नेटफ्लिक्स, युट्युवजस्ता वेबसाइटलाई पछि पारेको हो । प्रतिवेदनअनुसार धेरै हेरिने शीर्ष १० वेबसाइटमध्ये टिकटक एक मात्र गैरअमेरिकी वेबसाइटको रुपमा रहेको छ ।