देख्नमा सग्लै देखिएला तर आँखा चिम्लिएपछि
बहिरो भनि कसरी भन्नु ? दुवै कान थुनिदिएपछि ।
कसरी बौद्धिक अपाङ्ख भन्नु मैले बोल्दा बा बा गरिदिएपछि
सिद्धान्तको के कुरा ? सबले बाहिरी भर परिदिएपछि ।।
अस्तित्व मेटियो यहाँ कस्तो देशमा जन्म लियौं
अब त केही हुन्छ भन्ने थियो त्यो सब खरानी पा¥यौ ।
दुई तिहाईको नजिकै पुग्दा कति मात लाग्यो हैं
त्यही गति देखिनलाई दशौ वर्षले नि नपुग्ला हैं ।।
शाषक वर्ग किन यस्ता पाँच वर्षलाई कुर्न नसक्ने
आफैं मात्रै कुर्सीमा गई मोजमज्जाले मस्ती गर्ने ।
आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरूले सुन
जनताको सियोसम्म नलिने सिद्धान्तलाई गुन ।।
यत्रो देशमा कोरोनाले भो थिलथिलो अर्थतन्त्र
प्रजातन्त्रदेखि भोग्दै गयौं नाम मात्रको गणतन्त्र ।
समानता के छ र यहाँ ? जनताको सार्वभौमसत्ता
वडाको सदस्यदेखि राष्ट्रपतिसम्म खाने भत्ता ।।
जनताको करले तिमीहरुलाई पोल्ला है कहिले ?
कुर्सी मात्रै प्यारो लाग्ने मर्दा चैं के लान्छौं तिमीले ?
स्वीजरल्याण्डदेखि देखेका छौ सबको भो विकाश
देउ न हो जनतालाई खोपदेखि खानपिनको निकाश ।।